Rule 6
क्वारेन्टाइनमा राखिने अवधि
ः
(१) जुन मुलुकबाट पशु पैठारी गरिने हो सो मुलुकमा नेपालमा विद्यमान रोगको विरुद्ध खोप लगाएको अद्यावधिक र प्रामाणिक प्रमाणपत्र पेश भएमा क्वारेन्टाइन अधिकृतले त्यस्तो पशुलाई क्वारेन्टाइनमा राखी प्रमाणपत्र बमोजिमको पहिचान चिन्ह यकिन गरी जाँची त्यस्तो पशु स्वस्थ भएको पाइएमा छाड्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम यकिन हुन नसकेमा वा पशु स्वस्थ नपाइएमा वा खोपको प्रामाणिक प्रमाणपत्र बिना पैठारी गरिएको भएमा त्यस्ता पशुलाई क्वारेन्टाइन स्थलमा राख्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम कुनै पशुलाई क्वारेन्टाइनमा राख्नु पर्दा देहायका रोगको लागि देहायको अवधिसम्म र अन्य रोगको हकमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको अवधिसम्म राख्नु पर्नेछ ः-
(क) रिण्डरपेष्ट( Rindetpest)– २१ दिन
(ख) पूट एण्ड माउथ् डिजिज् (Foot and Mouth Diease) – १४ दिन
(ग) पेष्टिस डेस पेटिटिस रुमिनान्ट्स्(Pestes des petits Ruminants) – २१ दिन
(घ) लम्पी स्कीन डिजिज्(Lumpy Skin Disease)– २१ दिन
(ङ) सीप पक्स एण्ड गोट पक्स(Sheep Pox And Goat Pox) – २१ दिन
(च) ब्ल्यू टङ्ग(Blue Tongue)– ४० दिन
(छ) अफ्रिकन स्वाईन फिभर(African Swine Fever)– ४० दिन
(ज) क्लासिकल स्वाईन फिभर) (Classical Swine Fever)– ४० दिन
(झ) अफ्रिकन हर्स सिक्नेस(African Horse Sickness) – ४० दिन
(ञ) भेसिकुलर स्टोमेटाइटिस(Vesicular Stomatitis)–२१ दिन
(ट) स्वाइन भेसिकुलर डिजिज्(Swine Vesicular Disease) – २८ दिन
(ठ) कन्टाजियस् बोभाईन प्ल्यूरोन्यूमोनिया (Contagious Bovine Pleuropneumonia)– ६ महिना
(ड) रिफ्ट भ्याली फिभर (Rift Valley Fever) – ३० दिन
(ढ) फाउल प्लेग(Fowl Plague)– २१ दिन
(ण) न्यू क्यासल डिजिज(New Castle Disease)– २१ दिन
(त) बर्ड फ्लु ( Highly Pathogenic Avion Influenza)–२१ दिन ।
(४) उपनियम (३) मा उल्लेख भए बाहेकका रोगको सम्बन्धमा क्वारेन्टाइनमा राख्नु पर्ने अवधि तोक्दा रोगको जैविक कारक तत्व (प्याथोजन) शरीरमा प्रवेश गरेपछि रोगका लक्षण देखा पर्ने समयावधि (इन्कुवेशन पिरियड) सँग मेल खाने गरी तोक्नु पर्नेछ ।
(५) यस नियम बमोजिम तोकिएको क्वारेन्टाइन अवधि पूरा गरेका पशुलाई क्वारेन्टाइन अधिकृतले समय समयमा सार्वजनिक सूचना प्रकाशन गरी तोकिएका
संक्रामक रोग विरुद्ध खोप लगाई छाडिनेछ । त्यस्तो खोप लगाउँदा लागेको खर्च सम्बन्धित पैठारीकर्ताले व्यहोर्नु पर्नेछ ।
(६) पैठारी गरिएका पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री क्वारेन्टाइनअधिकृतले परीक्षण पश्चात उपयुक्त देखेमा छाड्न सक्नेछ ।
(७) क्वारेन्टाइनमा राखिएको पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री क्वारेन्टाइन प्रमाणपत्र प्रदान गरेको वा परीक्षण समाप्त भएको मितिले तीन दिनभित्र पैठारीकर्ताले लैजानु पर्छ । सो अवधि भित्र नलगेमा क्वारेन्टाइन अधिकृतले जफत गर्न सक्नेछ ।(८) मरेको पशु, दाना, सोत्तर, मल मूत्र वा पशुसँग सम्बन्धित वा पशुबाट
निस्किएका बस्तुहरू सम्बन्धित क्वारेन्टाइन अधिकृतको लिखित आदेश बिना क्वारेन्टाइन स्थलबाट बाहिर लैजान पाइने छैन ।